दोधारा चाँदनी नगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा

dodhara
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले दोधरा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धी कागजपत्र बुधबार नियन्त्रणमा लिएको छ।

सडक निर्माणसम्बन्धी योजनाहरू सम्पन्न नभई भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार कञ्चनपुर कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए। 

‘आब ०७७/७८ का सडक निर्माण, कालोपत्रेलगायत चार वटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो’, उनले भने, ‘त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’

प्रकाशित:
2021/07/29, 7:31
SPA
KN
Priya Gahana Pasal