सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री सवार गाडी बझाङमा दुर्घटना

सुदूर प्रेस संवाददाता

धनगढी–सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेलधुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरी जनाएको छ ।  दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । मन्त्री सहित घाइतेको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

No description available.No description available.No description available.No description available.

प्रकाशित:
2023/06/20, 3:11