यौन धन्दा गराएको आरोपमा अत्तरिया वाट दुइ जना पक्राउ

धनगढी– कैलालीको अत्तरिया बजारमा होटेल खोलेर यौन धन्दा गराएको आरोपमा  प्रहरीले दुइजनालाइ पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटेलमा छापा हान्दा महिलासहित होटेल सञ्चालक लाइ हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बोगटी अछाम होटेलका सञ्चालक डोटीको घण्टेश्वरका प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने विमला सुनार छन् ।   प्रहरीका अनुसार उक्त होटेलबाट १ बट्टा कन्डम, ९ ट्याब्लेट गर्भ निरोधक औषधि ई कोन पिल्स र सरजोल क्रिम १ बट्टा बरामद भएको इलाका प्रहरी कार्यालय माला खेतीका डिएसपी गणेश बरालले बताए। वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेकाले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2023/07/25, 7:54