कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना वृद्ध गम्भीर घाइते

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते हुनुभएको छ । बिहीबार राति ९ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट पुनर्वास नगरपालिका वडा नम्बर –१० विकासबस्ती दोदा पुल नजिक बस्ने अन्दाजी ७१ वर्षीय बाजी राना घाइते हुनुभएको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभयो । आफ्नै घरको बाहिर हात्तीको आक्रमणबाट गम्भीर घाइते रानालाई थप उपचारका मायामेट्रो अस्पताल धनगढी लगिएको छ । उहाँको घाँटी र खुट्टामा घाउ देखिन्छ । घाइतेको अवस्था बुझ्न बन अधिकृत यादव अस्पताल पुग्नु भएको छ । जङ्गली हात्ती भने भारतीय दुधुवा नेशनल पार्क भित्र पसिसकेको बन अधिकृत यादवले बताउनु भयो ।

प्रकाशित:
2024/06/21, 10:00