कैलाली — धनगढी उपमहानगरपालिका–१२ स्थित सीगाउँमा खाल्डोमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय राजु श्रेष्ठका छोरा शिद्धार्थ श्रेष्ठ घरनजिकैको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर बालक गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई तत्कालै सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो । तर चिकित्सकले परीक्षणपछि शिद्धार्थलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार बालक खेल्ने क्रममा घरनजिकै रहेको खाल्डोमा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।