कोरोनाबाट भारतमा पूर्वमन्त्रीको निधन

Death

एजेन्सी–कोरोना संक्रमणका कारण भारतमा पूर्वमन्त्री चनेश राम राठियाको ७८ वर्षको उमेरमा निधन भएको छ। आइतबार राति अबेर उनको निधन भएको हो। फोर्टिस अस्पतालमा उपचार गराइरहेका उनमा कोरोना संक्रमण भएको थियो।  सोमबार बिहान स्वास्थ्य विभागका टोलीले उनको अन्तिम संस्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्वासप्रश्वासमा समस्या भएपछि रायगढको जिन्दल अस्पतालमा बिहीबार भर्ना गरिएको थियो। त्यहीँ उनमा कोरोना भएको रिपोर्ट आएको थियो। आइतबार राति १ बजे उनको निधन भएको अस्पतालले जनाएको छ।  राठिया अविभाजित छत्तीसगढ र मध्यप्रदेशको सरकारको मन्त्री बनेका थिए। मध्य प्रदेशका मुख्यमन्त्री दिग्विजय सिंहको पालामा उनी मन्त्री भएका थिए। पछि त्यहीँ छत्तीसगढ बनेपछि उनी त्यहीँको खाद्य तथा संस्कृति मन्त्री बनेका थिए।  प्राथमिक विद्यालयका शिक्षक राठिया १९७२ को निर्दलीय चुनावबाट राजनीतिमा उदाएका थिए। पछि १९७७ मा कांग्रेसबाट टिकट पाएर उनले विधानसभा चुनाव जितेका थिए।  राठिया सन् १९७७ देखि देखि २००३ सम्म लगातार ६ पटक रायगड जिल्लाको धरमजयगढ क्षेत्रका विधायक थिए। उनका जेठा छोरा लालजित सिंह राठिया हाल धरमजईगढ क्षेत्रबाट विधायक छन्।

प्रकाशित:
2020/09/15, 8:20