अमेरिकामा टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध

Tiktok

एजेन्सी–अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले आउँदो २४ घण्टामा यी दुवै एप यूएस एप स्टोरबाट हटाउने र त्यसपछि यसलाई डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा टिकटक र विच्याट प्रतिबन्धित हुने बताउनु भएको बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले टिकटक तथा विच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ । तर यो आरोप दुवै चिनियाँ कम्पनीले अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित:
2020/09/19, 12:43