बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने

borish

एजेन्सी–बेलायतमा सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्डसम्म जरिवाना हुने भएको छ । कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनले सेल्फ आइसोलेशनमा नबस्नेलाई १० हजार पाउन्ड जरिवाना गर्ने निर्णय गर्नुभएको हो । आउँदो १२ गतेदेखि कोरोना संक्रमण भएका व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति अनिवार्य आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको बीबीसीले जनाएको छ ।

नयाँ कानुनअनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ । पटक(पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवानामा १० हजार पाउन्डसम्म पुग्नेछ । यसअघि सेल्फ आइसोलेशनलाई निर्देशनको रुपमा मात्रै लागू गरिएको थियो ।

यसमा कुनै जरिवाना तोकिएको थिएन । नयाँ नियम घोषणा गर्दै जोनसनले नियमको पालना नै कोरोना भाइरस विरुद्धको सबैभन्दा उत्कृष्ट तरिका भएको बताउनुभएको छ ।

प्रकाशित:
2020/09/20, 11:38