छिमेकी मुलक भारतमा एकै दिन ९२ हजार बढी कोरोना संक्रमित थपिए

११ सय बढी कोरोना संक्रमितको मृत्यु
bharat

एजेन्सी–छिमेकी मुलक भारतमा एकै दिन ९२ हजार बढी कोरोना संक्रमित थपिएका छन्।  योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ५३ लाख ९८ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ११ सय बढी कोरोना संक्रमितको मृत्यु भएको छ। यो संगै कोरोनाबाट त्यहाँ ८६ हजार ७ सय ७४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने करिव ४३ लाख मानिस संक्रमण मुक्त भएका छन्।  यस्तै अमेरिकामा ४२ हजार बढी संक्रमित थपिँदा ब्राजिलमा ३० हजार ९ सय संक्रमित थपिएका छन्। यस्तै रसियामा ६ हजार, पेरुमा ६ हजार ४ सय, कोलम्बियामा ७ हजार ९ सय, अर्जेन्टिनामा ९ हजार २ सय तथा फ्रान्समा साढे १३ हजार संक्रमित थपिएका छन्।  योसहित पछिल्लो २४ घण्टामा २ लाख ८९ हजार संक्रमित थपिँदा ५ हजार १०८ जनाको मृत्यु भएको छ। हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख पुगेको छ भने ९ लाख ६० हजार बढीको मृत्यु भइसकेको छ। २ करोड २५ लाख मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रकाशित:
२०७७ असोज , ११:४२
SPA
KN
Priya Gahana Pasal