डा.केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन धनगढीमा प्रदर्शन

Dr kc

धनगढी–चिकित्सा क्षेत्र सुधारका अभियन्ता अनसनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन मङ्गलवार धनगढीमा प्रदर्शन गरिएको छ । विगत लामो समय देखि चिकित्सा क्षेत्र सुधारको माग राख्दै आएका केसीको जीवन रक्षाको माग समेत राखेर नागरिक समाजका अगुवा र पब्लिक प्राध्यापक सङ्घले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । डा. केसीका माग सम्बोधनका लागि दबाब दिन प्लेकार्डसहित धनगढीको पार्क मोडबाट प्रदर्शन सुरु गरेका उनीहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमा पुगेर प्रदर्शन टुङ्ग्याएका थिए । सरकारले गोविन्द केसीका माग लाई तत्काल सम्बोधन गरेर उनको जीवन रक्षा समेत गर्नुपर्ने भन्दै उनीहरूले धनगढीमा प्रदर्शन गरेका हुन् । माग सम्बोधनमा सरकार तदारुक नदेखिए कडा आन्दोलनमा जाने नागरिक समाजका अगुवा प्रमोद पाठकले बताए ।  यसैबिच केसीका माग पुरा गर्नका लागी दबाब दिन विवेकशील साझा पार्टीले समेत धनगढीमा दैनिक प्रदर्शन गर्दै आएको छ ।

Image may contain: one or more people and people standing

 

 

प्रकाशित:
2020/09/22, 6:44