खेलकुद

2020/11/18, 6:47
नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ ।
2020/11/17, 8:49
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले भाइटिका लगाएका केही तस्बिर आज मात्रै आफ्नो फेसबुक पेज र ट्विटरमा सार्वजनिक गरेका छन् । 
2020/11/17, 8:19
नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज हुँदैछ । यी दुईबीचकाे खेल बेलुकी पौने ५ बजे बङ्गबन्धु रङ्गशाला ढाकामा हुनेछ ।
2020/11/16, 8:10
एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार बेल्जियमले इंग्ल्यान्डमाथि जित हासिल गरेको छ ‌। पहिलो हाफमा दुई गोल गरेपछि घरेलु टोली २-० ले विजयी भयो ।
2020/11/15, 6:49
एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारको खेलमा फ्रान्ससँग पराजित भएपछि साविक विजेता पोर्चुगल समूह चरणबाट बाहिरिएको छ । घरेलु मैदानमा पोर्चुगल १-० ले पराजित हुन पुग्यो ।
2020/11/13, 8:07
बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको छ ।
2020/11/13, 8:44
नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत पहिलो खेलमा आज शुक्रबार खेल्दैछ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा साँझ ४:४५ बजे सुरु हुनेछ ।
2020/11/13, 8:33
एजेन्सी – फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत तेस्रो खेलमा अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिएको छ । यस नतिजासँगै अर्जेन्टिना विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट बन्चित भयो ।
2020/11/12, 10:10
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यूएईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा सहभागिता जनाएर स्वदेश फर्किएका छन् ।
2020/11/12, 6:20
नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सकिने भएको छ । 
2020/11/12, 6:14
एजेन्सी – पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पूर्ण खेलमा एन्डोरामाथि सानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगल ७-० ले विजयी भएको हो ।
2020/11/11, 5:49
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।
2020/11/10, 8:31
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध खराब सुरुवात गरेको छ ।
2020/11/10, 7:32
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
2020/11/10, 6:55
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् ।