खेलकुद

2020/11/09, 5:21
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो ।
2020/11/08, 7:02
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ ।
2020/11/08, 6:49
एजेन्सी – कप्तान लिओनेल मेस्सीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसमाथि ५-२ को जित हासिल गरेको छ  ।
2020/11/07, 11:09
धनगढी–ललित भण्डारी, नेपाली राष्ट्रिय टिमले पछिल्लो समय पाएका एक उत्कृष्ट बलर हुन्  । नेपालको जर्सीमा आफूलाई अब्बल सावित गरिरहँदा चोटग्रस्त ललित पुनरागमनको  नजिक थिए । तर उनीमाथि अर्को बज्रपात आइलाग्यो, सडक दुर्घटना । उनी अहिले भन्छन्- सायद क्रिकेटकै लागि बाँचेजस्तो लाग्छ ।  
2020/11/07, 8:31
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्ला लाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो । तर अहिलेसम्म सिन्को पनि भाँचिएको छैन । काम अघि नबढाइएकाले एकातिर बजेट फ्रिज हुँदै आएको छ भने अर्कातिर फाप्ला मैदान  गौचरनमा परिणत भएको छ । 
2020/11/07, 6:06
एजेन्सी – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) क्वालिफायरमा पुगेको छ । शुक्रबार राती सम्पन्न एलिमिनेटर खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।
2020/11/06, 6:42
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।
2020/11/06, 6:38
एजेन्सी – मुम्बई इन्डियनस इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई आइपिएलमा छैटौं पटक फाइनलमा प्रवेश गरेको हो ।
2020/11/05, 6:03
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स नयाँ इतिहासबाट एकमदम टाढा छ । आज दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा चार पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउन सके दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने छ ।
2020/11/04, 6:39
एजन्सी – सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुगेको छ ।
2020/11/03, 7:17
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा क्वालिफायरमा पुगेको छ । सोमबार राती रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो स्थानमा रहँदै दिल्ली लगातार दोस्रो सिजन प्लेअफमा पुग्न सफल भएको हो ।
2020/11/02, 7:00
एजेन्सी – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लिग चरणबाट बाहिरिएको छ । आइतबार राती आइपिएलको लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकातासँग ६० रनले पराजित हुँदै लिग चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो ।
2020/11/01, 9:03
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोना १० खेलाडीमा समेटिएको डेपोर्टिभो अलाभेससँग बराबरीमा रोकिएको छ । एन्टोइन ग्रिजमनले दोस्रो हाफमा बराबरी गोल फर्काएपनि बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो ।
2020/11/01, 6:45
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।
2020/10/31, 8:08
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो ।