मंगलबार रातिदेखिको वर्षाले कैलालीको पूर्वी क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । कान्ध्रा, काडा, पथरिया र मोहना नदीको बाढीले भजनी नगरपालिका नौवटा वडा डुबानमा परेका छन् ।