मुस्लिम समुदायलाई कब्रिस्तानमै अन्तिम संस्कार गर्न दिने कैलाली प्रशासनको अनुमति

सुदूर प्रेस संवाददाता

धनगढी — जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय मुस्लिम समुदायलाई कब्रिस्तानमै अन्तिम संस्कार गर्न दिने अनुमति दिएको छ ।  धनगढी–१ मा रहेको कब्रिस्तानमा बिहीबार एक जना कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको दबाबमा धनगढी–१ वडा कार्यालयले कब्रिस्तान सिल गरेको थियो । कब्रिस्तान सिल गर्दा शुक्रबार १ वडाका ५० वर्षीर्ये मोहमद जमसदको अन्तिम संस्कार रोकिएको थियो । मोहमदको अन्तिम संस्कार रोकिए पछि शनिबार बिहान स्थानीय मस्लिम समुदाय विरोधमा उत्रेका थिए । आफनो धार्मिक परम्परा अनुसार कव्रिस्तानमै अन्तिम संस्कार गर्न पाउनु पर्ने र सिल गर्न नहुने भन्दै विरोधमा उत्रेका थिए ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले स्थानीयको समस्यामाथि पछि छलफल र समाधान खोज्दै हाललाई मुस्लिम समुदायले कब्रिस्तानमा गर्दै आएको अन्तिम संस्कारको कार्यलाई रोक नलाग्ने गरी स्थानीय तहले लगाएको सिल तोडिएको बताए ।

प्रकाशित:
2020/10/31, 8:05