कैलालीको मोहन्यालमा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १ जनाको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

धनगढी– कैलालीको मोहन्यालमा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १ जनाको मृत्यु भएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय खडक रावललाई नेपालगञ्ज रेफर गरिएको छ ।

आइतबार कैलालीको पहाडी गाउँपालिका मोहन्यालको बासपानीमा सुदूरपश्चिम ०१००१ च २६२३ नम्बरको जिप दुर्घटना भएको हो ।  दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेहरुमा घोडाघोडी ८ का खडक रावल, मोहन्याल ४ का भागरथी बोहरा, दिपाकुमारी बोहरा, धनगढीका तपेन्द्र लगायत छन् । घोडाघोडी डोके बजारमा छुटेको जिप ३४ किलो दुरीमा पर्ने बासपानी भन्ने ठाउँमा आइतबार दिउँसो १ बजे दुर्घटनामा परेको थियो । 

प्रकाशित:
2020/11/02, 7:22