कञ्चनपुर नाका बाट अवैध रुपमा नेपाल भित्र्याइएको १ क्विन्टल बढी माछा बरामद गरी नष्ट

तस्बिर सौजन्य शसस्त्र प्रहरी

सुदूर प्रेस संवाददाता

धनगढी–भारतबाट अवैध रुपमा कञ्चनपुरको सीमा नाका हुँदै नेपाल भित्र्याइएको ६० हजार मूल्य बराबरको माछा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक गजेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले भिमदत्त नगर पालिकाको जिमुवा इलाकाबाट ६० हजार मूल्य बराबरको १ क्विन्टल २० किलो माछा बरामद गरेको हो । 

बरामद गरिएको माछा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी तथा पशु क्वारेनटाइन कार्यालय गड्डाचौकीमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए । 

 

प्रकाशित:
२०७७ मंसिर ११, ०८:३६
SPA
KN
Priya Gahana Pasal