धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ।
बेलौरी नगरपालिका– ४ का ७६ वर्षीय कोरोना सङ्क्रमितको बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचारत उनी उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको उनले बताए ।
नेपाली सेनाले उनको अन्त्येष्टि गर्ने तयारी गरेको छ ।