धनगढी–काठमाडौँ बाट उडेको श्री एयरलाइन्सको जहाज धनगढी विमानस्थलमा बिहान ९ बजे २३ मिनेटमा अवतरण भयो ।
यात्रुहरू झर्नका लागी बेल्ट खोलेर तम्तयार भए । तर एकाएक ढोका खुलेन । ७० जना यात्रु करिब १० मिनेट भित्रै थुनिए ।
पछि उनीहरूलाई सर्भिस ढोकामार्फत १० मिनेटपछि निकालिएको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए।
प्राविधिक कारण ढोका नखुलेको र पछि मर्मत मर्मत गरेपछि ढोका खुलेको उनले बताए । ढोका नखुलेका कारण जहाज झन्डै आधा घण्टा ढिलो गरी काठमाडौँ फर्किएको थियो । गत वर्ष पनि श्री एयरलाइन्सकै एउटा जहाजमा यस्तै समस्या देखिएको भन्दै विमानस्थलका बुढथापाले यो सामान्य समस्या भएको बताए ।