बैतडीमा १० किलो लागु औषध चरेससहित १ जना पक्राउ

lagu ausadh
१० किलो चरेस सहित पक्राउ परेका मानबहादुर धामी
सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीमा १० किलो लागु औषध चरेससहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ । 

सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) को टोलीले गए राति  पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट  १० किलो लागु औषध चरेससहित १ जनालाई पक्राउ गरेको आरआइटी का इन्चार्ज प्रहरी नायब निरीक्षक केशव जोशीले जानकारी दिए । 

पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने–३० वर्षीय मानबहादुर धामी रहेको जोशीले जानकारी दिए । 

विशेष सूचनाका आधारमा बोकेर हिडदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जोशीले बताए ।

 

प्रकाशित:
2020/12/04, 10:31