बैतडीमा ट्याक्टर दुर्घटनाः २ जनाको घटनास्थलमै मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

बैतडी– बैतडीमा  ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मेलौली नगरपालिका ९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्ट रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनीहरु दुबैको घटनास्थलमै मृत्यु भएको हो। 

जिल्लाको मेलौली नगरपालिका ९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सुप.०१००२ त ४५७७ नम्बरको ट्याक्टर आज अपराह्न साढे ४ बजे दुर्घटनामा परेको हो। दुर्घटनमा परी ट्याक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका–३ का २५ वर्षीय अमृत चौधरी घाइते भएका छन्। स्थानीय मेडिकलमा उनको उपचार भइरहेको छ।  

रित्तो ट्याक्टर कसरी दुर्घटनामा पर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित:
2020/12/19, 8:32