लागु औषधसहित कैलालीको अत्तरियाबाट ४ जना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी–लागु औषधसहित कैलालीको अत्तरियाबाट प्रहरीले ४ जना लाई पक्राउ गरेको छ ।  गोदावरी नगरपालिका–२ को अत्तरिया बसपार्कबाट सोही ठाउँमा १९ वर्षीय भुवन ऐर, १९ वर्षकै रोहित बलायर र कृष्णपुर नगरपालिका ५ का १९ वर्षकै नविनजंग राणा कुँवर लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

उनीहरुको साथबाट नाईट्रो भ्याट १ सय ४ ट्याब्लेट बरामद गरिएको उनले जानकारी दिए । 

गोदावरी नगरपालिका –२ रिङ रोड स्थित न्यु जानकी होटेल एण्ड लजका होटेल सञ्चालक  २९ वर्षीय बल बहादुर धामीलाई    ७ किलो  चरेस सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध  लागु औषध शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2021/01/05, 7:11