कञ्चनपुरको पुनर्वासमा जिपको ठक्कर बाट बालिकाको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा धनगढीदेखि बेलौरी जान लागेको  जिपले ठक्कर दिँदा  एक बालिकाको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका–१ बलभद्र बस्ती स्थित सुकुम्वासी बस्ती बस्ने १३ वर्षीया सुस्मिता सार्कीको को१च ८२७८ नम्बरको बोलेरो  जिपको ठक्करबाट आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

ठक्करबाट घाइते भएकी बालिकाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित:
2021/01/18, 7:54