बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु

सुदूर प्रेस संवाददाता

बैतडी – बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका - २ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको हो ।

मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् ।

सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीया जस्मा बोहरा पनि घाइते भएकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ । करिब एक दर्जन चौपायासमेत मरेका वडा सदस्य कृष्ण बोहराले जनाए ।

प्रकाशित:
2023/07/24, 9:57