रास्वपाले निलम्बन गर्‍यो बझाङ संयोजक

सुदूर प्रेस संवाददाता

धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।

रास्वपा महामन्त्री मुकुल ढकालले दिएको जानकारीअनुसार खड्कालाई निलम्बन गरिएको छ।

'पत्रकारमाथि हातपात गरेको भनी आएका बझाङका सम्बन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ,' उनले भने, ‘अनुसन्धान समितिले थप अनुसन्धान गर्दै छ। अनुसन्धानअनुसार पछि आवश्यक कारबाही गरिनेछ।’

रास्वपा बझाङ संयोजकसमेत रहेका होटल होलिडे इनका सञ्चालक खड्काको निर्देशनमा खप्तड आवाज रेडियोका पत्रकार सुनिल मण्डेललाई साउन ८ गते निवासबाटै अपहरण गरी बन्दी बनाएर आक्रमण गरेको आरोप थियो।

पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति निकालेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो।

प्रकाशित:
२०८० साउन १०, १२:४८
SPA
KN
Priya Gahana Pasal