महाकाली नदीले बगाउँदा बाबुछोरा बेपत्ता

सुदूर प्रेस संवाददाता

बैतडी– नेपाल–भारत सीमा भएर बग्ने नदी महाकालीमा बगेर बाबुछोरा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपालसँगको सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय छोरा तनुज चन्द रहेका छन्।

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलिरहेका बाबुछोरा बगेर बेपत्ता भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए।

दिनदिनै ट्युब लगेर नदीमा खेल्ने बाबुछोरा शुक्रबार एक्कासी बगेको खबर आएको पुजाराले बताए। उनले भने, ‘नदी नजिकै घर रहेका उनीहरू दिनदिनै महाकालीमा ट्युबसहित खेल्दा रहेछन्। आज एक्कासी नदीमा पानीको बहाव बढेपछि उनीहरू बगेका भन्ने खबर छ।’

घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन। बेपत्ता दुबैजनाको खोजीमा नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५१ गुल्म हेड क्वार्टर बैतडीले जनाएको छ। 

प्रकाशित:
२०८० भदौ १०, ०७:४५
SPA
KN
Priya Gahana Pasal