सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दै

सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आज बस्दै छ । आज  दिउँसो २ बजे बैठक बस्न लागेको हो ।  यसअघि, आह्वान गरिएको चौथो एवम् विशेष अधिवेशन बुधबार अन्त्य भएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुभएको छ । यस अघि तत्कालीन मुख्यमन्त्री दीर्घ वहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नहुँदा बजेट शून्यताको अवस्था थियो । बिहीबार देखि अध्यादेश मार्फत कर सङ्कलन सुरु भए पनि बजेट पारित नहुँदा सरकारको खर्च प्रणाली ठप्प छ । जसका कारण विकाश निर्माणका कामहरू प्रभावित भएका छन् । मुख्यमन्त्री कमल वहादुर शाहले विश्वासको मत लिएर यो महिना भित्रै अध्यदेशमार्फत बजेट ल्याउने बताउनुएको  छ ।
 

प्रकाशित:
2024/08/11, 6:58
SPA
KN
Priya Gahana Pasal