कहाँ–कहाँ हुँदैछ वर्षा ?

सुदूर प्रेस संवाददाता

धनगढी– मनसुन प्रवेश भएको क्षेत्रमा गए राती ठूलो वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गए राति सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा, कास्कीमा पानी परेको छ ।

हिजो कोशी, बागमती, मधेश प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरैजसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन प्रवेश भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा ठूलो वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिनुभयो ।

आज  कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग एक–दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

अहिले  मनसुनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँमा पनि  तातो दिन हुने सम्भावना छ ।

प्रकाशित:
२०८३ असार , ०७:४४
SPA
KN
Priya Gahana Pasal