दार्चुलामा नेपालकै लामो पदमार्ग बन्दै, जसमा हुनेछन् ८,२८२ खुडकिला

Darchula

दार्चुला - समुद्री सतहबाट २५०० मिटर उचाईमा रहेको दार्चुलाको अपी हिमाल गाउँपालिकामा नेपालकै लामो पदमार्ग निर्माणको कार्य जारी छ। सिद्ध मकरीकोट मदमार्ग नाम दिइएको पदमार्गको निर्माण कार्य भइरहेको हो। संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको समपूरक अनुदानमा अपिहिमाल गाउँपालिकाका वडा नम्बर ५ मकरीगाडदेखि वडा नम्बर ४ कोट हुँदै खात्तीसम्म पदमार्ग निर्माणको कार्य भइरहेको छ।

पदयात्रा गर्न रुचाउने पर्यटकलाई लक्षित गर्दै सिद्ध मकरीकोट पदमार्ग निर्माण विगत दुई वर्षदेखि जारी छ। कुल ८ हजार २८२ खुडकिलासहितको पदमार्ग निर्माणको काम ठेक्कामार्फत गरिँदै छ। हालसम्म १ हजार ५ सय मिटर पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ। भने, ३ सय मिटर पदमार्गको निर्माण कार्य जारी रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए। 
प्रकाशित:
२०७७ भदौ १९, ०९:५६
SPA
KN
Priya Gahana Pasal