धनगढीमा ३ हजार २ सय ६१ जनाको पिसिआर परिक्षण गर्दा ४ सय ३६ जनामा पोजेटिभ

२ सय ६१ सक्रिय केश
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढी उपमहानगरपालीकामा मंगलबार सम्म ३ हजार २ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्य ४ सय ३६ जना पोजेटिभ देखिएका छन् । पोजेटिभ देखिएका मध्य लक्षण देखिएका सक्रिय केशहरु २ सय ६१ रहेको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले बताए । यस्तै धनगढी उप–महानगरपालिकामा मंगलबार थप १ सय १ जनाको स्वावको नमुना संकलन गरिएको छ । निर्माण ब्यावसायी संघ कैलालीको परिसरमा क्याम्प राखेर स्वाव संकलन गरिएको थियो । निर्माण ब्यावसायी संघको समन्वयमा धनगढी उप–महानगरपालिकाले स्वाव संकलन गरेको बताईएको छ । उपमहानगर भित्र ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि पिसिआर परीक्षणको दायरा बढाईएको छ । समुदायमा दुई साता देखि कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा स्वाव संकलन गर्ने र परीक्षण गर्ने काम भैरहेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । 
 

प्रकाशित:
2020/09/16, 7:18