कोरियामा कार्यरत नेपाली कामदारका लागि मनोसामाजिक परामर्श कक्षा सञ्चालन हुने

south koriya

दक्षिण कोरिया–दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको शारीरिक र मानसिक स्वास्थ्यका लागि अनलाइनबाट अभिमुखीकरण तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन हुने भएको छ । अनलाइनमार्फत विभिन्न प्रशिक्षकहरुले मानसिक र शारीरिक स्वास्थ्य सँगै सामाजिक र आर्थिक समस्यालाई सम्बोधन गर्ने दक्षिण कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ ।अभिमुखिकरण तथा मनोसामाजिक परामर्श कक्षा अक्टोबर ११ देखि डिसेम्बरसम्म प्रत्येक आइतबार हप्तामा एक दिन सञ्चालन हुनेछ ।

एक दिनमा एक घण्टा तीस मिनेट प्रशिक्षकले कक्षा लिनेछन् । दक्षिण कोरियामा कार्यरत नेपालीको हितका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै दूतावासले कोरियामा कार्यरत नेपालीलाई सहभागी हुन अनुरोध गरेको छ ।

प्रकाशित:
2020/09/24, 5:55