सुदूरपश्चिममा थप १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

कैलालीमा ५४ जना सङ्क्रमित थपिए
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६९ जना र  डडेलधुरामा गरिएको परीक्षणमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

धनगढीमा वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का तीन÷तीन जना, वडा नम्वर १ का दुई जना, वडा नम्वर २ र ४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्वर १ का दुई जना र भजनी नगरपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए । 
डडेल्धुरामा भएको परिक्षणमा दार्चुलाको महाकाली नगरपालीकाका ४६ जना र डोटीका २ जनामा संक्रमण पुष्टि भएको अस्पतलाले जनाएको छ । 

No photo description available.Image may contain: text that says "Government OfNepal Ministry Health & Population Dadeldhura Hospital MOLECULAR LABORATORY (COVID-19) DADELDHURA डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ असोज २१ गते परिक्षण गरिएका नयाँ १०て नमूनाहरुमध्ये ४. नतिजा पोजेटिभ (Positive) र ६० नतिजा नेगेटीभ (Negative) रहेको व्यहोरा जानकारी गराईन्छ अध्याबधिक विवरण अनुसार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप भएका नयाँ ४ जना संत्रमितको बिबरण तपशिल वमोजिम रहेको छ तपशिल: सि.न. जिल्ला १ दार्चुला २ डोटी स्थानिय तह महाकाली नगरपालिका Gurubox Coy ,Sullekh Dipayal संख्या ४६ ईश्वरी प्रसाद भूषाल इन्चार्ज डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला"

प्रकाशित:
2020/10/07, 3:35