कैलालीका प्रहरी प्रमुख सहित २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक सहित त्यहाँ कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २२ जना प्रहरी कर्मचारीमा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता , प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। उनीहरूलाई आइसोलेसनमा राखिएको छ । मङ्गलवार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहित चार जना प्रहरी कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सुदूरपश्चिममा कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या दुई सय २८ पुगेको छ। एक सय २४ जना सङ्क्रमण मुक्त भएका छन् भने एक सय चार जना सक्रिय सङ्क्रमित छन्। 

प्रकाशित:
2020/10/07, 5:17