कैलालीमा एक लाख ३५ हजार नगदसहित १२ जना जुवाडे पक्राउ 

Juwade
सुदूर प्रेस संवाददाता

धनगढी – कैलालीमा जुवा खेलिरहेको अवस्थामा एक लाख ३५ हजार नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा न १० मा मङ्गलवार राति जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उनीहरूको साथबाट १ लाख ३५ हजार ५ सय रुपैयाँ सहित २ गुड्डी तास र १ थान मण्डी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

उनीहरूका विषयमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको विष्टले जानकारी दिए ।

 

प्रकाशित:
2020/10/07, 5:54