कैलाली बाट नगद सहित १४ जुवाडे पक्राउ

juwade
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली बाट नगद सहित प्रहरीले जुवा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ। लम्की चुहा नगरपालिका १–स्थित विष्णु खनालको खाली घरबाट  ८१ हजार पाँच सय ५० नगद र तासका तिन गड्डी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

 जुवाको खालबाट सोही ठाउँका ५० वर्षीय मनी प्रसाद खनाल, २७ वर्षीय पूर्णप्रसाद रेग्मी,  २२ वर्षीय दीपेन्द्र साउद, ३३ वर्षीय प्रदीप कुमार धमला,  ३२ वर्षीय मेखबहादुर बस्नेत, ४९ वर्षीय धनिराम जैशी, ६० वर्षीय हरि प्रसाद जोशी, २९ वर्षीय  पूर्णप्रसाद ढकाल, ३८ वर्षीय केशवबहादुर शाही, ३८ वर्षीय  भीम रेग्मी, ३२ वर्षीय लक्ष्मण खनाल, ३४ वर्षीय  मानबहादुर विष्ट, ३४ वर्षीय  दलबहादुर बस्नेत र ३२ वर्षीय डबल जैशीलाई पक्राउ गरिएको विष्टले जानकारी दिए । 

 

प्रकाशित:
2020/10/08, 6:45