कञ्चनपुरको पुर्नवास नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

punarbas
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको पुर्नवास नगरपालिका कार्यालयमा अत्यावश्यक बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ। नगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीसहित आठ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै बिहीवार देखि कार्यालयका कार्यहरु बन्द गरिएको हो‌।​ नगरप्रमुख जीवनराज थापाका अनुसार कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका कार्यहरु बन्द गरिएका छन्‌। अत्यावश्यक कार्य परेमा सेवाग्राहीले सामाजिक दुरी लगायतका स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सक्ने उनले जानकारी दिए।  बुधबार नगरपालिकाका ४८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पठाइएकोमा नगरपालिकाका कर्मचारीसहित आठ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालयका सेवा बन्द गरिएका हुन। यसैगरी, आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका कामहरु बन्द गरिएका छन्‌।​कार्यालयमा कार्यरत कर्मचारीहरुको पीसीआर चेकजाँचका लागि पठाइएको स्वाबको नतिजा नआउँदासम्मका लागि सेवा बन्द गरिएको हो।

प्रकाशित:
2020/10/09, 8:53