निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष गौचनको स्मृति दिवसमा आमाको माया छात्रावास लाई सहयोग

sahayog
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल निर्माण व्यवसायी सङ्घ कैलालीले धनगढीमा रहेको आमाको माया छात्रावासमा रहेका  बालबालिका तथा विद्यार्थिहरुलाई आज नगद,खाद्यान्न र फलफूल वितरण गरेको छ । 
निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष,सहिद शरद कुमार गौचनको तेस्रो स्मृति दिवसको अवसर पारी एक कार्यक्रमका बिच नगद ८ हजार सहित खाद्यान्न, फलफुुल वितरण गरिएको निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए । कार्यक्रममा अध्यक्ष उपाध्याय सहित निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष टेक बहादुर सेटी,केन्द्रीय सदस्य वीर बहादुर साउद,सङ्घका सल्लाहकार किशोर ठकुराठी,शेर सिंह खडका,विक्रम विष्ट,मिना कोइराला लगायतको सहभागिता रहेको थियो । 

Image may contain: 3 people, people sitting, tree, table and outdoor

प्रकाशित:
2020/10/09, 7:55