सुदूरपश्चिम प्रदेशका थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढीमा ३२ जना सङ्क्रमित थपिए
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशका थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय २२ जनाको परीक्षण गरिएकोमा ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । डोटीमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ। सङ्क्रमित मध्ये ३२ जना धनगढीका छन् ।  धनगढी – १२ का १० जना,  १८ का ९ जना,  १ का ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै वडा नम्बर ५, १४ र १७ का दुई दुई जना, त्यसै गरी वडा नम्बर ७, १३ र १५ का एक एक जनामा पनि सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । कैलालीको बर्दगोरिया गाउँपालिकाका २ जना र गोदावरी नगरपालिका–१ का एक जनामा समेत कोरोना सङ्क्रमण देखिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, शुक्लाफाटा नगरपालिकाका ४ जना र बेदकोट नगरपालिकाका २ जनामा पनि कोरोना देखिएको छ।  दार्चुलाको स्थानीय तह नखुलेको एक जनामा समेत कोरोना सङ्क्रमण भएको छ । 

डोटीमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४१ जनाको परीक्षण गर्दा २ जना नयाँ र एक जना फलोअपका सङ्क्रमितमा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 

डोटीको दिपायल सिलगढी नगरपालिका–६ का एक जना र के आई सिह गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो। 

 

प्रकाशित:
2020/10/10, 4:24