धनगढीमा ब्राउन सुगर बेच्दै गर्दा तीन जना पक्राउ, साढे १८ ग्राम ब्राउन सुगर पनि समातियो 

Lagu Aaushadh
सुदूर प्रेस संवाददाता

धनगढी – धनगढीमा १८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ परेका छन् । शुक्रवार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा लागु औषध ब्राउन सुगरको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा धनगढी १३ का सुशील चौधरी र बाल गोविन्द राना रहेका छन् । 

चौधरीका साथबाट ९ ब्राउन सुगर, मोबाइल थान १, नगद रु ३,९४५  बरामद भएको र रानाका साथबाट १३ पुडिया ब्राउन सुगर र मोबाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । 

त्यसै गरी शुक्रबारनै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा लागु औषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा धनगढी १३ का सुशील चौधरी समेत पक्राउ परेका छन् । उनका साथबाट ९ पुडिया ब्राउन सुगर, एक थान मोबाइल र ३,९४५ रुपैयाँ नगर बरामद भएको बिस्टको भनाई छ । 

उनीहरू विरुद्ध लागु औषधमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2020/10/11, 4:48