नेपाल राष्ट्र बैंकले आज १८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्ने

rast bank
सुदूर प्रेस संवाददाता

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले आज १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकामध्ये तीन अर्बको ट्रेजरी बिल नयाँ हो भने १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो । 

बैंकले ३ सय ६४ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार तीन अर्ब बराबरको नयाँ र १५ अर्ब २५ करोड रुपैयाँ बराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ।

यो ट्रेजरी बिल बोलकबोल विधिमार्फत् बिक्री हुनेछ । यसअघि राष्ट्र बैंकले गएको मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।

प्रकाशित:
2020/10/12, 8:39