हात्तीले पहिलो पटक छावा जन्माएपछि जैविक मार्ग संरक्षणमा जुटे कञ्चनपुर बासी

प्रत्येक वर्षको असोज २२ गते हात्ती दिवस मनाइने
असोज २२ गते खल्ला गोठमा हात्तीले छावा जन्माएको अवसरमा सामुदायिबन समन्वय समिति कञ्चनपुरले आयोजना गरेको हात्तीको बानीब्येहोरा सम्बन्धि छलफल कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य,सामुदायिक बनका पदाधिकारी,कञ्चनपुरका बन अधिकृत लगायत सहभागीहरु ।

कञ्चनपुर–कञ्चनपुरको कृष्णपुर–२ बाणीका स्थानीयले हात्ती हिँड्ने जैविक मार्ग संरक्षणमा प्रतिवद्धता व्यक्त गरेका छन्‌।  सामुदायिक वन समन्वय समिति कञ्चनपुरको पहलमा हात्ती संरक्षणका लागि आयोजना गरिएको कार्यक्रमका सहभागीहरूले हात्तीको जैविक मार्गसँगै बासस्थान संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्‌।​हात्तीले महाकाली जनहित सामुदायिक वनमा छावा जन्माएपछि हात्ती संरक्षणका लागि संरक्षणकर्मीहरू एकजुट भएका हुन्‌।  कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले प्रदेशका नागरिककै हितका लागि वन, पर्यावरण र वन्यजन्तुको संरक्षण गर्नुपर्ने बताए। वन्यजन्तु र जैविक विविधता संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीयको प्रयासबाट कृष्णपुर सिस्ने क्षेत्रमा हात्तीले छावा जन्माउन थालेको बताए।

Image may contain: one or more people, people on stage, people sitting, crowd and outdoor

Image may contain: 7 people, people standing and outdoor

प्रत्येक वर्षको असोज २२ गते हात्ती दिवस मनाइने 

प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाइने भएको छ। कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा हात्तीले छावा जन्माएपछि वन समन्वय समितिले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने निर्णय गरेको हो। सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले सामुदायिक वनका पदाधिकारीहरूले असोज २२ गतेलाई हात्ती दिवस मनाउने निर्णय गरेको बताए। ‘यो मार्ग हात्तीलगायत जंगली जनावरको बासस्थान हो,’ उनले भने, ‘यस वर्ष हात्तीले यो क्षेत्रमा छावा जन्माएको छ, त्यसैले अब प्रत्येक वर्ष हात्ती दिवस मनाउँछौँ।’ लालझाडी जैविक मार्ग हात्तीको बासस्थान बनेको उनी बताउँछन्। ‘यहाँका सामुदायिक वनका साथीहरूले वन संरक्षणमा जोड दिएका छन,’ उनले भने, ‘आगामी दिनमा पनि हामी वन संरक्षणमा जोड दिनेछौँ।’

Image may contain: 2 people, crowd and outdoor, text that says "REDMI NOTE 9. AI QUAD CAMERA"

Image may contain: 2 people, outdoor, text that says "00 REDMI NOTE 9 AI QUAD CAMERA"Image may contain: 3 people, tree, outdoor and nature

Image may contain: 2 people, outdoor, text that says "REDMI NOTE 9 Al QUAD CAMERA"

प्रकाशित:
2020/10/12, 9:44