२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

Edel
लाइभ कन्सर्टमा एडेल । तस्विरः विकिपेडिया

ग्रामी अवार्डको १५ औं संस्करण जितेकी गायिका एडेल चर्चामा छिन् । २० किलो तौल घटाएर लुक्समा परिवर्तन ल्याएपछि उनी चर्चामा फेरि आएकी हुन् । एडेलले ७ मे, २०२० को दिन आफ्नो ३२औं जन्मोत्सव मनाएकी थिइन् । उनले सबैलाई धन्यवाद दिँदै पछि एक तस्विर सार्वजनिक गरिन् । यस तस्विरमा उनी कालो रङको सानो ड्रेसमा थिइन् ।

एडेल यतिधेरै तौल घटेपछि आत्मविश्वास बढेको बताउँछिन् । यसअघि आफूलाई मन परेका धेरै ड्रेस तौलकै कारण लगाउन नपाएकी उनले सार्वजनिक गरेकी थिइन् । अब ती ड्रेस आफूमा फिट हुने कुराले एडेल खुसी छिन् ।

उनी नियमित सपिङ गर्न रुचि राख्छिन् । नयाँ कपडा खरिद गर्दा एडेललाई खुसी लाग्छ । निकै कम तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्ने एडेल जन्मदिनको अवसरमा इन्स्टामार्फत् तस्विर पो्स्ट गरेकी थिइन्, त्यो पनि प्रशंसकलाई सरप्राइज दिने ढंगले ।

एडेल ४ वर्षको उमेरबाटै गायनमा जम्न सुरु गरिसकेकी थिइन् । उनलाई सानैदेखि पढ्न भन्दा गीत गाउन रुचि लाग्थ्यो । सन् २००८ मा उनको एल्बम ‘१९’ रिलिज भएको थियो । जसले एडेललाई स्टार बनाइदियो । उनलाई स्काइफलको लागि ओस्कार पनि मिलिसकेको छ । 



 

प्रकाशित:
2020/10/12, 11:58