सुदूरपश्चिममा कार्यरत नेपाल प्रहरीका २ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि 

९७ जनाको उपचार हुँदै,बाँकी सङ्क्रमण मुक्त
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा कार्यरत नेपाल प्रहरीका २ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरा सहित प्रदेशका विभिन्न जिल्लामा कार्यरत प्रहरी अधिकृत र जवान गरी २ सय ४६ जनामा प्रहरीमा हाल सम्म कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । ती मध्ये १ सय ४९ जना सङ्क्रमण मुक्त भइसकेको र ९७ जना प्रहरी अहिले पनि उपचाररत रहेको सिंहले बताए ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख जबरा लाई थप उपचारका लागी काठमाडौँ लगिएको छ । यद्यपि उनको अवस्था भने सामान्य छ । सङ्क्रमण देखिएका प्रहरीलाई आइसोलेसनमा राख्ने र सङ्क्रमण मुक्त भएर पूर्ण रूपमा स्वस्थ भइसके पछि मात्रै पुनः डिउटीमा खटाउने गरिएको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए । कोरोना भाइरस सङ्क्रमण सुरु भए देखिनै नेपाल प्रहरी अग्र पङ्क्तिमा खटिएको छ । सीमा नाका लगायत विभिन्न ठाउँमा खटिएका प्रहरीमा सङ्क्रमण देखिएको हो । 

प्रकाशित:
2020/10/13, 8:27