सुनचाँदीको भाउ घट्यो

सुन तोलाको ९५ हजार १ सय रुपैयाँ
Gold

धनगढी–सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।

प्रकाशित:
2020/10/13, 11:27