धनगढीमा रहेको आइसोलेसन सेन्टर लाई विभिन्न सामान प्रदान

सुदूर प्रेस संवाददाता

धनगढी–अन्तर्राष्ट्रिय बिपद जोखिम न्यूनीकरण दिवस २०२० का अवसरमा धनगढी उप–महानगरपालिका कनरीमा स्थापना गरेको  आइसोलेसन सेन्टर र  सेती प्रादेशिक अस्पताल लाई आज विभिन्न सामान प्रदान गरिएको छ । 
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेश, जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उप महानगरपालिकाको समन्वयमा कैलाली जिल्लामा रहेका विभिन्न संघसंस्थालहरु नेपाल रेडक्रस सोसाइटी, मर्सिकोर नेपाल, वर्ल्ड भिजन,  लुथ्रन विश्व फेड्रेसन,डी सी ए, डी डब्ल्यु आर एफ को सहयोगमा  कम्बल,  पानी बोतल, डस्टबिन र चप्पल वितरण गरिएको रेडक्रस सोसाइटी कैलालीका कार्यक्रम संयोजक कालिदास जोशीले बताए । 
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एल. बी. धामी, रेडक्रस कैलालीका मन्त्री लोकराज जोशी, उपकोषाध्यक्ष गोविन्द जोशी, मर्सिकोर नेपालका जिल्ला संयोजक अनुपमा शर्मा लगायतका  रेडक्रस कर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित:
2020/10/13, 1:29