सुदूरपश्चिम प्रदेश सभा सदस्य लाई  कोरोना भाइरस सङ्क्रमण

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश सभाका सदस्य लाई  कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।  मङ्गलवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुला बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामी ९सन्तोष० लाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। धामीले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।  साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेनटिन तथा आइसोलेसनमा बस्न आग्रह गरेका छन्। 

प्रकाशित:
2020/10/13, 6:12