बाल सङ्गठन कैलालीको अध्यक्षमा चूडामणि भट्ट नियुक्त

chudamani
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल बाल सङ्गठन कैलाली शाखाको अध्यक्षमा चूडामणि भट्ट लाई नियुक्त गरिएको छ ।  कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति  समेत रहेका भट्टलाई नेपाल बाल सङ्गठनको केन्द्रीय समितिले  कैलाली शाखाको अध्यक्षमा नियुक्त गरेको हो । नव नियुक्त अध्यक्ष भट्टले पछिल्लो समय बाल सङ्गठनको अवस्था खस्कँदै गएकोले आफ्नो पालमा यसको सुधारका लागी पहल गर्ने बताएका छन् । अनाथ बालबालिकाहरूको शिक्षा र पालन पोषण आफ्नो पहिलो प्राथमिकता रहेको भट्टको भनाइ छ । यसको सुधारका लागी सबैको सुझाव र सल्लाह बमोजिम आफू अघि वढने उनले बताएका छन् । 

 

प्रकाशित:
2020/10/13, 8:19