जिसस कैलालीका दुई जना कर्मचारी लाई कोराना सङ्क्रमण भएपछि कार्यालय सिल

gss
सुदूर प्रेस संवाददाता

धनगढी–जिल्ला समन्वय समिति  (जिसस) कैलालीका एक जना अधिकृत र नायब सुब्बा लाई कोराना सङ्क्रमण पुष्टि भएको छ । कार्यालयका अधिकृत नन्दलाल पाण्डे र नायब सुब्बा विमल प्रकाश जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । गत २३ गते नायब सुब्बा जोशीलाई कोरोना पुष्टि भएपछि जाँच गराउँदा अधिकृत पाण्डेलाई पनि सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पछि होम आइसोलेसनमा बसेका नायब सुब्बा जोशी ज्वरो र खोकी लाग्न थालेपछि २५ गते धनगढीको कोरोना अस्पताल भर्ना भएका छन् । उनले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै अहिले ज्वरो सन्चो भएको र खोकी अझै सन्चो नभएको बताएका छन् । अधिकृत पाण्डे भने होम आइसोलेसनमा छन् । उनले आफूलाई कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेका बताए । दुई जना लाई कोरोना देखिएपछि कार्यालय सिल गरिएको छ । सबै कर्मचारी होम क्वारेनटिनमा बसेका छन् । उनीहरूको परीक्षणका लागी अस्ति नमुना सङ्कलन भइसकेको र आज रिपोट आउने जनाइएको छ । लेखापाल लगायत केही कर्मचारीको भने रिपोट नेगेटिभ आएको थियो । 

 

प्रकाशित:
2020/10/14, 12:55