धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना सङ्क्रमण

स्वास्थ्य अवस्था सामान्य
sitaram

धनगढी–धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। खबर कुञ्ज अनलाइनकाका सञ्चालक समेत रहेका पत्रकार ओझालाई सङ्क्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आफूलाई सङ्क्रमण पुष्टि भएको ओझाले बताएका छन् । सङ्क्रमण पुष्टि भए पनि उनलाई कुनै लक्षण भने देखाएको छैन। आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनी होम आइसोलेसनमा छन् । 

प्रकाशित:
2020/10/14, 5:41