सुदूरपश्चिममा बुधवार ९१ जना कोरोना सङ्क्रमित थपिए

प्रदेशभर १ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित, ८ जनाको अवस्था गम्भीर
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा बुधवार थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३२ जनाको परीक्षण गर्दा गरिएको परीक्षण थप ९१ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । 

सेती प्रादेशिक अस्पतालमा पछिल्लो चार सय ३२ जनाको परीक्षण गरिएकोमा कैलालीका ५१ सहित थप ६० जनामा सङ्क्रमण पुष्टि भएको हो। जसमा  कैलालीका ५१, कञ्चनपुरका ८ र बझाङका ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

धनगढी उपमहानगरपालिकाका मात्र ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  उपमहानगरपालिकाको वडा नम्बर १  र ३ का ६र६ जना, त्यसै गरी वडा नम्बर २, ४ र ५ का ३र३ जना र वडा नम्बर ७ का २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  यस्तै वडा नखुलेका ८ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

कैलालीकै गोदावरी नगरपालिका र टीकापुर नगरपालिकाका ७र७ जना,कैलाली गाउँपालिकाका चार जना र लम्की चुहा नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । 

कञ्चनपुरको वेद कोट नगरपालिकाका चार जना, बेलौरी र पुर्नवास नगरपालिकाका एक एक जना, स्थानीय तह नखुलेका दुई जना र थलारा गाउँपालिका बझाङका एक जनामा पनि सङ्क्रमण देखिएको छ। 

डडेलधुरा अस्पतालमा तीन जना, डोटी अस्पतालमा ९ जना, बैतडी अस्पतालमा ४ जना, बझाङमा तीन जना, अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ९६ पुगेको छ । ती मध्ये ६ हजार ९ सय ७५ जना निको भइसकेका छन् । प्रदेशभर १ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित छन् । जस मध्ये सबै भन्दा बढी ७ सय २५ जना कैलालीमा छन् । 

 हाल सम्म १९ जनाको मृत्यु भएको छ।  ८ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । ती मध्ये ३ जना लाई भेन्टिलेटर ५ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ । 

उनीहरूको सेती प्रादेशिक अस्पतालमा आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। 

 

प्रकाशित:
2020/10/14, 8:39