धनगढीमा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि

५६ जना कैलालीका
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ७२ जनाको परीक्षण गरिएकोमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । सङ्क्रमित मध्ये ५६ जना कैलालीका छन् । धनगढीका विभिन्न वडामा सङ्क्रमित थपिएका छन् । 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः

No photo description available.

प्रकाशित:
2020/10/15, 5:04